दफा १९
बोर्डको सिफारिश वा सल्लाह लिन सक्ने
: (१) कसैले पर्यटन व्यवसायसंग सम्बन्धित कुनै व्यवसाय सञ्चालन गर्ने अनुमतिको निमित्त सम्बन्धित निकायमा निवेदन गरेमा त्यस्तो निकायले अनुमति प्रदान गर्नु अगावै बोर्डको सिफारिश वा सल्लाह लिन सक्नेछ ।
(२) कसैले होटल सञ्चालन गर्न अनुमतिको निमित्त सम्बन्धित निकायमा निवेदन गरेमा त्यस्तो निकायले होटल स्थापना तथा सञ्चालन गर्न अनुमति दिनु पूर्व बोर्डको सिफारिश वा सल्लाह लिन सक्नेछ ।